२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ठगी आरोपित ६ जना पक्राउ 

श्यामसुन्दर शशि

जनकपुर — अमेरिकी संस्था टलविन लाइफको नाममा इन्टरनेट ब्राउजरमार्फत खाता खोल्न लगाई ठगी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

ठगी आरोपित ६ जना पक्राउ 

विदेह नगरपालिका-१ का ४० वर्षीय संजीव भिनवार यादव, कमला नगरपालिका-३ लग्माका २५ वर्षीय रंजित नुनिया तथा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका ३० वर्षीय अंदेश महत्तो, ३३ वर्षीय पप्पु पूर्वे, उसमान साफी तथा माहेम्मद जिलानी साफीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी उपरीक्षक विश्वराज खड्का (एसपी)का अनुसार उनीहरुको साथबाट ६ थान मोबाइल, १ थान फिचर फोन, २९ हजार ५ सय ७६ नगदसमेत बरामद गरिएको छ । उक्त समूहले धनुषाका विभिन्न गाउँका १ हजार ९१ जनासँग प्रत्यक्ष र अप्रत्यक्षरुपमा ४ हजार ५ सयका दरले ४९ लाख ९ हजार ५ सय ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी खड्काले जानकारी दिए । उनका अनुसार टलविन लाइफमा खाता खोल्न इन्टरनेट ब्राउजरको प्रयोग गरी युजर एकाउन्ट खोल्न सकिन्छ । एकाउन्ट खोल्न कम्तीमा ३० अमेरिकी डलर पर्छ । टलविन लाइफमा खाता खोलाउने ब्रोकरहरुले एउटा खाता खोलेबापत १५ डलर कमिसन लिने गरेको जानकारी पनि एसपी खड्काले दिए ।

धनुषा प्रहरीले गत चैत ४ गते पनि अवैध कल सेन्टरमार्फत संस्थागत ठगी धन्धा संचालनको आरोपमा जनकपुरधाम-१४ पिराडी चोकस्थित एक घरबाट २३ जनालाई पक्राउ गरेको थियो । छापामारीको क्रममा ९० थान कम्युटर र २ थान मोटरसाइकल बरामद गरिएको थियो ।

प्रकाशित : वैशाख १०, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?