१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

बारा-२ मा जसपा, एमाले र जनमतसहित १७ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ — बारा क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि जसपा, नेकपा एमाले, जनमतसहितका दल तथा व्यक्ति गरी १७ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

बारा-२ मा जसपा, एमाले र जनमतसहित १७ जनाको उम्मेदवारी दर्ता

जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजराज चौधरीका अनुसार सोमबार दिउँसो १७ जनाको उम्मेदवारी दर्ता गरिएको छ ।

जसअन्तर्गत जसपाको तर्फबाट उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

साथै रास्वपाबाट रमेश खरेल र नेमकिपाबाट मुक्ति यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित : चैत्र २०, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?