१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मधेस सरकारमा माओवादी सहभागी

धनुषा — नेकपा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएको छ । माओवादीबाट उद्योग पर्यटन तथा वनमन्त्रीमा सुनिता सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।

मधेस सरकारमा माओवादी सहभागी

मन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका हुन् भने राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

योसँगै मधेस प्रदेशमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि दुई मन्त्रालय पाए मात्रै सरकारमा जाने भन्दै माओवादी सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित : माघ २४, २०७९ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?