२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

झापा सवारी दुर्घटना : मृतकको पहिचान खुल्यो [अपडेट]

झापा — झापामा बोलेरो गाडी र मोटरसाइकल एकआपसमा जुध्दा मृत्यु हुनेहरुको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा कमल-४ बस्ने २५ वर्षीय मोटरसाइकल चालक मौसम राई, पछाडि सवार २० वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको हो । 

झापा सवारी दुर्घटना : मृतकको पहिचान खुल्यो [अपडेट]

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको गाडी बुधबार बिहान करिब ५:२० बजे पूर्व-पश्चिम राजमार्गअर्न्तगत शिवसताक्षी नगरपालिका ८ मा एक आपसमा जुध्दा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि विर्तामोडको विएण्डसी अस्पताल पुर्‍याएपछि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०८१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?