१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

सुनसरीको हरिनगर र देवानगञ्जमा कर्फ्यु कायमै

अर्जुन सुवेदी

सुनसरी — हरिनगर र देवानगन्ज बाहेकका स्थानीय तहमा लगाइएको कर्फ्यु दिउँसोबाट हटाइएको छ । पाँच स्थानीय तहमा चारदिनदेखि लगाइएको कर्फ्यु हरीनगर र देवानगञ्ज बाहेकका स्थानीय तहमा सोमबार दिउँसोबाट हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

सुनसरीको हरिनगर र देवानगञ्जमा कर्फ्यु कायमै

इनरुवा नगरपालिका, कोशी र भोक्राह नरसिंह गाउँपालिका क्षेत्रमा लगाइएको कर्फ्यु भने हटाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । आइतबार अपरान्हपछि पुन: प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले ती दुई स्थानीय तहमा भने कर्फ्युलाई निरन्तरता दिएको हो ।

हरिनगरमा आइतबार अपरान्ह चर्किएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइफायर र २९ सेल अश्रु ग्याँस प्रहार गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट गर्दा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीसहित नौ प्रहरी घाइते भएका थिए ।

जसकारण ती दुई स्थानीय तहहरु हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा भने कर्फ्यु थप कडाइका साथ लागू गरेको छ । गत बिहीबार हरिनगर गाउँपालिकामा दुई समूहबीच झडप भएपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच घटनाले सामाजिक सद्भाव भड्किन नदिन र जनताको जिउधनको सुरक्षाका लागि गत बिहीबारदेखि कर्फ्यु लगाइएको हो ।

प्रकाशित : चैत्र २६, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?