२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुनसरीमा 'सामाजिक सद्‌भाव र एकता' कायम राख्न सर्वपक्षीय अपिल

अर्जुन सुवेदी

सुनसरी — सुनसरीको हरिनगर र देवानगञ्जमा दुई पक्षबीच उत्पन्न विवाद समाधानका लागि जनप्रतिनिधि, सामाजिक र धार्मिक क्षेत्रका अगुवाहरूले संयुक्तरुपमा अपिल गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा बिहान भएको सर्वपक्षीय बैठकपछि स्थानीय तहका प्रमुख, प्रदेश सभाका सदस्य तथा विभिन्न धार्मिक र जातीय संस्थाका अगुवाहरूले अपिल जारी गरेका हुन् ।

सुनसरीमा 'सामाजिक सद्‌भाव र एकता' कायम राख्न सर्वपक्षीय अपिल

हिजोबाट सुनसरीको ५ वटा पालिकाहरूमा कर्फ्यु जारी रहेको बेला समस्या समाधानमा सबै एकजुट भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । अपिलमा केही अराजक तत्वले सामाजिक सद्भाव बिथोल्न खोजेको भन्दै खेद व्यक्त गरिएको छ । यस्तै, सबै धर्म एवं सम्प्रदायबीच आपसी एकता, सद्भाव कायम राख्ने महान् कार्यमा जुट्न उनीहरुले आग्रह समेत गरेका छन् ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गरिने समेत प्रतिबद्धता जनाइएको छ । आन्दोलनरत सबै पक्षलाई आफ्ना सबै प्रकारका आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न र छानबिन गरी दोषीलाई कारबाही गर्न आग्रह गर्दै सुरक्षा निकाय एवम् सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि अपिल गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितीका पदाधिकारीसहित बसेको सर्वपक्षीय बैठकले घटनाका बारेमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक किसिमका धार्मिक, सांस्कृतिक तथा जातीय तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने किसिमका अभिव्यक्ति तथा सामाग्रीहरू सामाजिक सञ्जालहरूमा पोष्ट नगर्न आग्रह समेत गरेको छ ।

यदि यस्तो गरेको पाइएमा जो कोहीलाई कानून अनुसार कारबाही गरिने निर्णय समेत गरेको छ । दुई पक्षबीचको झडपले अवस्था तनावग्रस्त बनेपछि ५ स्थानीय तहमा शुक्रबार साँझ ५ बजेदेखि लगायएको कर्फ्यु अहिले पनि जारी छ । अवस्था सामान्य नबनेसम्म कर्फ्यु नहट्ने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।


प्रकाशित : चैत्र २४, २०८० १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?