२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

आगलागीबाट बस्ती नै सखाप

विनोद भण्डारीे

विराटनगर — मोरङको रंगेली नगरपालिका ३ बावुसाहेव टोलको सन्थाल बस्तीमा शनिबार अपराह्न आगलागी हुँदा बस्ती नै सखाप भएको छ ।

आगलागीबाट बस्ती नै सखाप

आगलागीबाट २२ घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार आगलागीको कारण र क्षतिको प्रारम्भिक विवरण उपलब्ध भएको छैन ।

प्रत्यक्षदर्शी रवीन्द्र ठकुरी (कान्छा) का अनुसार बस्ती माथि रहेको विजुलीको तार आपसमा ठोक्किएर स्थानीय जंगली सतारको फुसको छाना भएको घरमा झिल्का झर्दा आगलागी सुरु भएको थियो ।

फुसको छानामा बिजुलीको तारबाट झिल्का झरेलगत्तै बस्तीमै आगो फैलिएर सबै घर जलेर नष्ट भएको ठकुरीको भनाइ छ ।

जलेर नष्ट भएका सबै घर बाँस र सन्ठीको टाटी तथा खरको छाना भएका थिए । यसअघि बिजुलीको तार सर्ट भएर बस्तीमा आगोको झिल्का झर्दा स्थानीयले नियन्त्रण गरेका थिए । आगो नियन्त्रणको काम राति अबेरसम्म पनि भइरहेको डीएसपी दाहालले बताए ।


प्रकाशित : चैत्र ३, २०८० २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?