२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

तेह्रथुममा टिपर दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिका-९, काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ३ जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी टिपरमा सवार झापाको मेची नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, मादी नगरपालिका-४ संखुवासभा घर भएका ४० वर्षीय दिनेश तामाङ, झापा घर भएका २१ वर्षीय समिर चौधरी र उमेर नखुलेका बिष्णु थामी घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका अनुसार म्याङलुङ-बसन्तपुर सडक खण्डको काँडेबाट लसुनेबजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्वरको टिपर बुधबार बेलुकी ६:३० बजे सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइते उनीहरुलाई उपचारका लागि बसन्तपुर अस्पताल पुर्‍याइएको थियो ।

थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको प्रहरीले जनाएको छ । घाइते अन्य २ जनाको बसन्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सबै जना घाइते भएकाले चालक को हो भनेर पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । चालकको लापरवाहीको कारण टिपर अनियन्त्रित भएर सडकबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित : माघ ३, २०८० २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?