कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कोशी मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस–एमालेबीच छलफल

कान्तिपुर संवाददाता

मोरङ — कोशी प्रदेशको मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस र एमालेबीच छलफल भएको छ । सोमबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री केदार कार्की र एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।

कोशी मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस–एमालेबीच छलफल

माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकलाई सामेल गरेर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल गरिएको एमालेका प्रदेश संसदीय दलका प्रमुख सचेतक भण्डारीले बताए । उनले सत्तारुढ गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा सहभागी गराए एमाले सरकारमा बस्न नसक्ने अडान पनि आफूले बैठकमा राखेको उनले जानकारी दिए ।

‘माओवादी, जसपा, एकीकृत समाजवादी तीन वटालाई सामेल गर्ने अनि हामी पनि त्यही बस्ने कुरा चाहिँ हामीले हुँदैन भनेका छौं । अब त्यसमध्ये कुनै एउटा थप्नै पर्ने परिस्थिति भयो । सहमति भयो हाम्रो कांग्रेस र एमालेको बीचमा भने । कुनै एउटा थपिन पनि सक्ला’ प्रमुख सचेतक भण्डारीले भने ।

कांग्रेसले पनि गठबन्धन भित्रको कुनै एक दललाई सहभागी गराएर सरकार विस्तार गर्न सकिने धारणा राखेको बैठकमा सहभागी कांग्रेस सांसद समशेर राईले जानकारी दिए ।

‘कोशी प्रदेशको सवालमा गठबन्धन भित्रको थप एउटा थप्ने भनेपछि सकियो नि । सजिलो त्यही होला ’ उनले भने ।

एमालेको समर्थनमा कांग्रेसबाट बिद्रोह गरेका केदार कार्की गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित : कार्तिक १३, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?