२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको म्याङलुङमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल साँझ ५ : ३० बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बू र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताले बताए । दुर्घटनामा गम्भीर घाइते दुवैको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिको मोटरसाइकल अनिन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र १०, २०८० १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?