२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९४

तेह्रथुममा लडेर पुरुषको मृत्यु

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिका-८ सुङनाममा बिहीबार अपराह्न लडेर एक जनाको मृत्यु भएको छ । 

गाउँबाट बोरामा आलु लिएर घरतर्फ जाँदै गरेका ४८ वर्षीय पदमबहादुर लिम्बूको लडेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक हेमराज ओलीले बताए । उनका अनुसार चिप्लिएर सडकबाट करिब ८ फिट तल खोलामा झरेको अवस्थामा लिम्बूको शव फेला परेको हो ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?