१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

उत्पादनमूलक उद्योगको प्रवर्द्धन र वातावरण संरक्षणमा पालिका र निजी क्षेत्रबीच सहमति

विनोद भण्डारी

विराटनगर — कोशी प्रदेशको औद्योगिक कोरिडोरमा रहेका स्थानीय निकायमा उत्पादनमूलक उद्योगको प्रवर्द्धन र वातावरण संरक्षणका लागि सम्बन्धित स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य गर्ने सहमति भएको छ ।

उत्पादनमूलक उद्योगको प्रवर्द्धन र वातावरण संरक्षणमा पालिका र निजी क्षेत्रबीच सहमति

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा औद्योगिक करिडोरभित्र रहेका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, बुढीगंगाा, कटहरी र जहदा गाउँपालिकाका प्रमुख र निजी क्षेत्रका संघ संगठनका प्रतिनिधिबीच यस्तो सहमति भएको हो ।

उनीहरूले उत्पादनमूलक उद्योगको विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि निजी क्षेत्र, स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्रोतको सीमितताका कारण सबै काम एकै पटक गर्न नसकिने बताउँदै महानगरले उद्योग र व्यवसायको विकासका लागि कर वृद्धि नगरेको दाबी गरे । उनले कृषि, उद्योग र वाणिज्य क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि नीतिगत सुधार आवश्यक भएमा त्यसका लागि महानगर तयार रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा १ लाख ६८ हजार उद्योग व्यवसाय सञ्चालनमा रहेकोमा औद्योगिक क्षेत्रमा मात्र २३ हजारभन्दा बढी उद्योग व्यवसाय रहेको जानकारी दिए । त्यसमध्ये १९ हजार ३ सय ८० वटा उत्पादनमुलक उद्योग रहेकोमा औद्योगिक क्षेत्रका पाँचवटा स्थानीय तहमा २ हजार ८ सय ८९ वटा उद्योग सञ्चालनमा रहेको जानकारी दिए ।

प्रकाशित : श्रावण २५, २०८० १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?