२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

कोशी प्रदेश : शुक्रबार दिउँसोसम्म प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्रीको आग्रह

प्रतिपक्षी दलसँग छलफल गरेर मात्रै बैठक स्थगित गर्ने/नगर्ने भन्नेबारे निर्णय लिने सभामुखको भनाइ
देवनायारण साह

मोरङ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामुखसँग शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले बिहीबार भएको प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए ।

कोशी प्रदेश : शुक्रबार दिउँसोसम्म प्रदेशसभा बैठक स्थगित गर्न मुख्यमन्त्रीको आग्रह

मुख्यमन्त्री कार्कीले फोनमार्फत सभामुख बाबुराम गौतमलाई शुक्रबार दिउँसो १-२ बजेसम्मलाई प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख गौतमले प्रतिपक्षी दलसँग छलफल गरेर त्यसबारे निर्णय लिने बताएका छन् । मुख्यमन्त्री कार्कीले सुरुमा आधा घण्टा‚ त्यसपछि १ घण्टा हुँदै शुक्रबार दिउँसोसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरेको सभामुख गौतमले जानकारी दिए ।

प्रस्ताव पेस गरेपछि विश्वासको मत लिने प्रस्तावमाथिको छलफल सकिएपछि मुख्यमन्त्री कार्कीलगायत मन्त्रीहरू प्रदेशसभाबाट निस्किँदा बैठक अनिश्चित बनेको थियो । सभामुख गौतमले साँझ ५:२० बजे आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए । मुख्यान्त्रीले सभामुखलाई शुक्रबारसम्मका लागि बैठक स्थगित गर्न आग्रह गरे पनि सभामुखले नमानेपछि जवाफका लागि १ घण्टाभित्र तथ्यांक लिएर आउने भनेर निस्किएका मुख्यमन्त्री कार्की पुनः प्रदेशसभामा नफर्किएपछि बैठक अनिश्चित बनेको थियो ।

पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकारबाट माओवादी केन्द्र, जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार अल्पमतमा परेको हो ।९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीका पक्षमा छन् ।

प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख गौतमसहित १३, नेकपा (एकीकृत समाजवादी)का ४ गरी ४६ सांसद छन् । एक सांसदमात्र रहेको जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : असार १४, २०८० २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?