२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

पानी हाहाकार भएपछि खाँदबारीमा दमकलबाट पानी वितरण

दीपेन्द्र शाक्य

संखुवासभा — सुख्खा लागेर पानीको मुहान सुकेपछि संखुवासभाको खादबारी नगरपालिकाले खोलाको पानी ल्याएर दमकलबाट वितरण सुरु गरेको छ । खाँदबारीबाट १६ किलोमिटर टाढा रहेको सभाखोलाको पानी २ वटा दमकल र साना पानी ट्यांकरबाट ल्याएर गत शुक्रबारबाट बजारबासीलाई पानी वितरण सुरु गरिएको नगर प्रमुख महेश थपलियाले बताए ।

पानी हाहाकार भएपछि खाँदबारीमा दमकलबाट पानी वितरण

दमकलबाट ल्याइएको पानी टोलटोलमा लगेर आवश्यकता अहनुसार वितरण भइरहेको छ । नगरपालिकाले खाँदबारीमा रहेको सेनाको ब्यारेकको एक लाख लिटरको ट्यांकीमा पनि पानी संकलन सुरु गरेको छ ।

शुक्रबारबाट दैनिक ३० देखि ५० हजार लिटर पानी खाँदबारीका टोलटोलमा दमकलबाट पुर्‍याइएको नगरपालिकाले जनाएको छ ।

खाँदबारीमा ल्याइएका खानेपानीका मुहान सुकेकाले नगर क्षेत्रमा यतिबेला पानीको हाहाकार भएको छ ।


प्रकाशित : जेष्ठ २८, २०८० १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?