कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बिस्का: जात्रा सुरू [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

भक्तपुर — आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ ।जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गरी रथ तानिएको छ ।आज बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिइन् ।

बिहीबार बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भएको थियो । पहिला गुठी संस्थानका प्रमुख र सिकर्मी नाइकेबाट सरकारी पूजा गरेपछि अन्य समुदायको पूजा सकेर ३ बजेदेखि भैरवको रथ तान्न सुरु गरिएको थियो ।तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो ।

प्रकाशित : चैत्र २७, २०८० २०:११
प्रतिक्रिया
पठाउनुहोस्