१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल हेर्नेको घुइँचो [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, हेमन्त श्रेष्ठ

काठमाडौँ — ट्वान्टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलाको फाइनलमा नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले उपाधि जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल दिएको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्स ३ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेटाएको हो ।

नेदरल्यान्ड्सको जितका लागि मिचेल लेभिटले सर्वाधिक ५४ रन बनाए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै साइब्रान्ड इंगलब्रेक्टले ४८, विक्रमजीत सिंहले २९ र म्याक्स ओडौडले २२ रन जोडे ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ४ विकेट लिए । त्यस्तै अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभर खेली ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । ओपनर कुशल भुर्तेल १० बल खेली १ चौका र २ छक्का प्रहार गरी २० रनमा आउट भएका थिए ।रोहितले १९ बल खेली ३ चौका र १ छक्कासहित २५ रन बनाएका थिए ।

त्यस्तै ओपनर आसिफ शेखले सर्वाधिक ४७ रन बनाएका थिए । कुशल मल्लले २६, करण केसी ९, सोमपाल कामी र प्रतिश जिसीले समान ६ रन जोडेका थिए । नेदरल्यान्ड्सका लागि फ्रेड क्लासेन, भान डेर गुग्टेन, लेभिट र साइब्रान्ड इंगलब्रेक्टले २–२ विकेट लिए ।नेपालले पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी फाइनलमा पुगेको थियो ।

प्रकाशित : फाल्गुन २२, २०८० १५:२८
प्रतिक्रिया
पठाउनुहोस्