१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

लघुवित्तपीडितहरूद्वारा काठमाडौंमा प्रदर्शन [तस्बिरहरू]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — लुघवित्तहरूले शोषण गरेको भन्दै पीडितहरुले बुधबार राजधानीमा प्रदर्शन गरेका छन् । काठमाडौं बाहिरबाट आएका पीडितहरुले बुधबार जुलुसप्रदर्शनसहित भाटभटेनी क्षेत्रमा सभा गरेका छन् । काठमाडौं बाहिरबाट हिँडेर समेत आएका पीडितहरुले सिफल क्षेत्रमा बसेका छन् । उनीहरु त्यहाँबाट हिँडेर बुधबार राष्ट्र बैंक घेराउ गर्न बालुवाटार जाने कार्यक्रम थियो ।

तर निषेधित क्षेत्रका कारण उनीहरुले भाटभटेनीमा प्रदर्शन र सभा गरे । उनीहरुले लघुवित्त संस्थाहरू खारेजी गर्नुपर्ने, लघुवित्तको ऋण मिनाहा गर्नुपर्ने, कालोसूची र धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन् ।


प्रकाशित : फाल्गुन ९, २०८० १४:४७
प्रतिक्रिया
पठाउनुहोस्