१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

उमालाई 'खाम्सा' उपहार [तस्बिरहरू]

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

सिन्धुली — सिन्धुलीको कमलामाई नगरपालिका–५ दमारकी उमा सुवेदीले होलिस्टाइन जातको गाईको बाच्छो 'खाम्सा' उपहार पाएकी छन् ।उनलाई नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा 'खाम्सा' उपहार हस्तान्तरण गरे ।

कमलामाई नगरपालिका-५ मा गत वर्ष पुसमा हेफर इन्टरनेशनल नेपालको सहयोगमा ५१ परिवारलाई होलिस्टाइन जातका गाई वितरण गरिएको थियो । त्यसमध्ये स्थानीय गुणकुमारी घिमिरेले पालेको होलिस्टाइन जातको गाईले जन्माएको ‘खाम्सा’ कोरियन होलिस्टाइन जातको नेपालकै पहिलो बाच्छी हो । यहाँका किसानलाई गाई बितरण गर्ने बेला नै सुरुवातमा गाई प्राप्त गर्ने किसानले पहिलो बेतको बाच्छी उपहारस्वरुप अन्य किसानलाई दिनुपर्ने नियम रहेको छ । गाई पालनका लागि १०९ जना किसान समूहमा आबद्ध भएका छन् । किसान सुवेदीले उपहारमा पाएको बाच्छी भने माउबाट छुटाएर लैजान पाँच महिना कुर्नुपर्ने हुन्छ । पहिलो चरणमा ५१ जना किसानले गाई पाएकोमा तीबाट जन्मिने बाच्छीहरु क्रमश: किसानलाई हस्तान्तरण गर्दै जानुपर्ने नियम छ । राजदूत योङले नेपाल–दक्षिण कोरियाबीच सम्बन्ध भएको ५० वर्ष पुगेको उपलक्ष्यमा गैयाँटार, दमार, राजपानी, ढकालगाउँलाई कोरिया–नेपाल मोडेल डेरी भिलेज नामाकारण गरिएको प्रतिमाको समेत अनावरण गरेका थिए । नेपालमा भएका गाईले थारो नहुन्जेल दुई हजार ८ सय लिटर दुध दिने, तर होलस्टाइनले १० हजार लिटर दुध दिने भएकाले नश्ल सुधारमा जोड दिनुपर्ने खाँचो रहेको विज्ञहरुको सुझाव छ ।


प्रकाशित : फाल्गुन २, २०८० १६:५४
प्रतिक्रिया
पठाउनुहोस्