३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

'अल ब्रिड च्याम्पियनसीप डग शो' का प्रतिस्पर्धी [फोटोफिचर]

महेश प्रधान, सुजाता मुखिया

काठमाडौँ — ललितपुरको एन्फा कम्प्लेक्समा शनिबार माहौल अलि फरक थियो । त्यहाँ थरीथरी प्रजातिका कुकुरहरु देखिन्थे । कुकुरप्रेमीहरु उत्साहका साथ आफ्ना कुकुर डोहोर्‍याइरहेका थिए । सन्दर्भ थियो, ‘अल ब्रिड च्याम्पियनसीप डग शो’को । विभिन्न प्रजातिका कुकुरहरुबीच त्यहाँ बेग्ला बेग्लै प्रतियोगिता हुँदै थियो । प्रतियोगितामा हस्की, जर्मन शेफर्ड, गोल्डेन रिट्रिबर, पग, ल्याब्रोडर, डालमेशियन, सेन्ट बनोर्ड, इंग्लिश ककर स्पानियल, नियपोलिटन मास्टिफ, डोबर्मन, बिगल, पोमेरिनियन जस्ता थुप्रै प्रजातिका कुकुरले आ–आफ्नो विशेषताअनुरुप खेल कौशल प्रस्तुत गरेका थिए ।

केनल क्लब अफ नेपालले पहिलो पटक 'अल ब्रिड च्याम्पियसिप' प्रतियोगिता आयोजना गरेको हो ।‘नेपालमा सबै प्रजातिबीच प्रतिस्पर्धा गराइएको यो पहिलो पटक हो’ आयोजक संस्थाका अध्यक्ष प्रविन बज्राचार्यले भने, ‘यसमा करिब तीन दर्जन प्रजातिका कुकुर सहभागी भए ।’ नेपाल केनल क्लब विश्व केनल युनियनसँग आबद्ध छ ।

प्रतियोगितामा कुकुरलाई कति सही ढंगले पालन पोषण गरिएको छ, कति अनुशासित बनाइएको छ, उनीहरु कति आज्ञाकारी छन्, प्रजाति अनुसार शारीरिक बनावट कति सही छ ? जस्ता कुराको मूल्यांकन गरिएको थियो । डा. वीएस रवि र डा. विनोदकुमारले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

कुकुरको नश्ल सुधार गर्ने र उन्नत जातको कुकुर उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बज्राचार्यले बताए ।‘डग सो’ बाट कुकुर च्याम्पियन भएपछि वर्ल्ड केनल युनियनमा आवद्ध भएका सबै देशमा उक्त कुकुरले प्रतिस्पर्धा गर्न पाउँछ र साथै उसको बच्चासमेत च्याम्पियनको उपाधिले चिनिन्छ । त्यस्तो च्याम्पियनको बच्चा अन्य कुकुर भन्दा मंहगोमा बिक्री हुन्छ ।


प्रकाशित : माघ ७, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्