२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इजरायलमा युद्धको घाउ

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

इजरायल — प्यालेस्टाइनको विद्रोही समूह हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध जारी छ । जवाफी कारबाहीस्वरुप इजरायलले पनि हमास सक्रिय रहेको गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको नाकाबन्दीका कारण ठूलो मानवीय संकट र त्रासदी छ ।

गाजामा खानेपानी, खाद्यान्न, औषधि तथा इन्धनको ठूलो संकट देखिएको छ । लाखौं मानिस गाजाबाट विस्थापित भएका छन् ।

युद्धग्रस्त क्षेत्रको रिपोर्टिङका क्रममा पुगेका कान्तिपुरकर्मीले इजरायली सैनिकका गतिविधि क्यामेरामा कैद गरेका छन्, जसमा इजरायलका नागरिकले स्वस्फूर्त रुपमा खानेकुरा साथै दैनिक प्रयोगमा आउने सामानहरु ल्याएर राखिदिने गर्छन् र आवश्यक पर्ने सैनिकहरुले लैजाने गर्छन् । दक्षिण इजरायलको गाजासँग जोडिएको सीमामा खटिएका सेनाहरु आरामका लागि सेद्रोतको शुभमा आएका बेला दाह्री, कपाल मिलाउँदै गरेका देखिन्छन् ।

इजरायल–हमास युद्धका कारण बिहीबार साँझसम्म इजरायलतर्फ १ हजार ४ सय जनाको मृत्यु भएको छ । हमासले १ सय ९९ जनासम्मलाई बन्धक बनाएको इजरायलको सैन्य फोर्सले अनुमान गरेको छ, जसमा बालबालिका, महिला, सैनिक र विदेशी पनि छन् । इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा मर्नेको संख्या ३ हजार ७ सयभन्दा बढी पुगेको छ । १ हजारभन्दा बढी व्यक्ति बेपत्ता छन् । युद्धमा परी दुवैतर्फका गरी हजारौं व्यक्ति घाइते भएका छन् ।


प्रकाशित : कार्तिक ३, २०८० १०:५७
प्रतिक्रिया
पठाउनुहोस्