कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

काठमाडौंमा मनाइयो गाईजात्रा

तस्बिर : इलिट जोशी

काठमाडौँ — आज काठमाडौंको बसन्तपुर र हनुमानढोका क्षेत्रमा गाईजात्रा मनाइएको छ । काठमाडौंमा हरेक वर्ष गाईजात्रा विशेष हुने गर्छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि छ ।

मल्लकालमा छोरोको निधन भएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिन्छ । काठमाडौंमा शुक्रबार विभिन्न टोलबाट निकालिएको गाईजात्राका सहभागीले वसन्तपुरलगायत मुख्य सहरी क्षेत्र परिक्रमा गरेका छन् । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक विश्वास छ ।


प्रकाशित : भाद्र १५, २०८० ११:२२
प्रतिक्रिया
पठाउनुहोस्