३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

जोखिम मोलेर कमल तालको पोटार हटाइँदै [तस्बिरहरु]

महेश केसी

रुकुम पूर्व — रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा अवस्थित कमल तालको वरिपरिका पोटार नामको वनस्पती हटाउन थालिएको छ । सिस्ने गाउँपालिका, स्थानीय प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय सरोकारवालाको सक्रियातामा पोटार हटाउन काम भइरहेको सिस्ने–५ अध्यक्ष वीरेन्द्र बस्नेतले बताए । ‘पोटारले तालमा प्रत्यक्ष असर पारेकाले हटाउन थालिएको हो । आज शनिबारबाट एक सातासम्म लगातार यो काम गर्ने योजना छ,' उनले भने ।

प्रकाशित : श्रावण १३, २०८० १८:५०
प्रतिक्रिया
पठाउनुहोस्