'नक्कली शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्'

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीहरू पक्राउ परिरहेका बेला नागरिक समाजका अगुवाहरूले सरकारलाई दबाब स्वरुप प्रदर्शन गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणसहित यसअघिका सबै भ्रष्टाचार काण्डको छानबिन गरी कारबाही अगाडि बढाउनुपर्ने उनीहरूको माग छ ।

डा. गोविन्द केसी, प्राध्यापक केदारभक्त माथेमा, भोजराज पोखरेल लगायतका अगुवाहरूले बुधबार दिउँसो भद्राकाली पुगेर भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । यस क्रममा उनीहरूले 'खोइ कर ? भ्रषटाचारीको पेटमा !,' 'नक्कली भुटानी शरणार्थी काण्ड सक्कली तरिकाले छानबिन होस्,' 'भ्रष्टाचारीका दस हात तिनीहरूलाई नै नेताको साथ,' 'नेतालाई सधैँ मोजमस्ती जनतालाई सास्ती,' 'शीर्षहरूको दौडधुप ओ शासक किन चुप,' 'हाम्रो कर मिलेर लुट्न बन्द गर' लगायतका नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

प्रकाशित : वैशाख २७, २०८० १६:४६
प्रतिक्रिया
पठाउनुहोस्