१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४१

तुवाँलोले ढाक्यो नेपाली आकाश

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँ उपत्यकासहित नेपालका विभिन्न जिल्लाको आकाश केही दिनदेखि तुवाँलोले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका धेरैजसो जिल्लामा तुवाँलो लागिरहेको छ । डढेलो‚ खडेरीलगायतबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ । यसबाट हुने प्रदूषणका कारण आँखा पोल्ने‚ श्वासप्रश्वासमा समेत समस्या देखिने र स्वास्थ्यमा नकारात्मक असर पुग्ने चिकित्सिकहरूले बताएका छन् ।

झापा, बुद्धशान्ति-७ धारागोला थुम्कोबाट बिहीबार बिहान ८ बजेतिर बाक्लो तुवाँलोले ढाकेको बुद्धशान्ति, मेचीनगर र अर्जुनधारा क्षेत्र । तस्बिर : पर्वत पोर्तेल/कान्तिपुर

पोखरा फेवाताल । तस्बिर : दीपक परियार/कान्तिपुर

कास्की पोखराको आकाश । तस्बिर : दीपक परियार/कान्तिपुर

पूर्व-पश्चिम राजमार्गअन्तर्गत निजगढ–चन्द्रपुर जंगलमा बुधबार अपराह्न देखिएको तुवाँलो । वनमा डढेलो लागेकाले तुवाँलोले राजमार्ग दिउँसै अँध्यारो बनेको छ । तस्बिर : शिव पुरी/कान्तिपुर

पर्सा वन्यजन्तु आरक्षको अधिकांश भागमा डढेलो लाग्दा वीरगन्जमा देखिएको तुवाँलो । सोमबार खिचिएको यो तस्बिरमा वीरगन्ज तुवाँलोले अँध्यारो बनेको छ । तस्बिर : शंकर आचार्य/कान्तिपुर

तौलिहवा क्षेत्र । तस्बिर : मनोज पौडेल/कान्तिपुर

तौलिहवा क्षेत्र । तस्बिर : मनोज पौडेल/कान्तिपुर


प्रकाशित : वैशाख ७, २०८० १९:०३
प्रतिक्रिया
पठाउनुहोस्