२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

मिटरब्याजपीडितको प्रदर्शनमा प्रहरी धरपकड

तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — लामो समयदेखि आन्दोलनमा रहेका मिटरब्याजपीडितहरू र प्रहरीबीच झडप भएको छ । शान्तिवाटिकामा बस्दै आएका पीडितहरूले सोमबार निकालेको प्रदर्शनलाई रोक्न खोज्दा प्रहरीसँग झडप भएको हो । मधेसका विभिन्न स्थानबाट भेला भएर तीन सातादेखि उनीहरू शान्तिवाटिकामा बस्दै आएका छन् । सोमबार भने उनीहरू न्यायका लागि सिंहदरबारअगाडि, भद्रकालीमा गएर धर्नामा बस्ने योजनामा थिए । तर प्रहरीले बल प्रयोग गरी र्‍यालीलाई रोकेपछि झडप भएको पीडितहरूले बताएका छन् ।

यस क्रममा प्रहरीले पीडितहरूमाथि पानीको फोहोरा प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । झडपमा केही प्रहरीसहित २० जना प्रदर्शनकारी घाइते भएका छन् । साथै प्रहरीले उपचारका लागि अस्पताल लैजाने भन्दै नियन्त्रणमा लिएर आफूहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब परिसरमा राखेर यातना दिएको पीडितहरूले बताएका छन् ।

सरकारले पहिले गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै मधेसका विभिन्न २० जिल्लाका सयौं मिटरब्याज पीडितहरू चैत २० गते काठमाडौं आइपुगेका थिए ।


प्रकाशित : वैशाख ४, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्