१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

चान्हेसिया जात्रा

संजोग मानन्धर

काठमाडौँ — मध्यपुरथिमीको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्राको दोस्रो दिन वैशाख १ गते बिहान चान्हेसिया अर्थात् रात्रिकालीन जात्रा मनाइएको छ । चान्हेसिया जात्राका बेला बालकुमारी द्यो लायकू दरबारबाट बालकुमारी मन्दिरमा लगिन्छ, त्यसपछि दक्षिण बाराही गण जात्रा गरिन्छ जसमा हरिसिद्धी (हिचो द्यो) र अजिमाको ख:त जात्रा गराइन्छ ।

दुवै ख:त दक्षिण बाराही परिक्रमा गरेर फर्कने क्रममा अरु बेला जहिल्यै दक्षिण बाराहीको पछि रहने हरिसिद्धी (हिचो द्यो) छिटो-छिटो आएर बालकुमारी मन्दिर नजाओस् भनेर बालकुमारी उकालोमाथि बाटो छेकिने गर्दछ । त्यसपछि दक्षिण बाराही तछु टोल हुँदै विष्णु वीर परिक्रमाका लागि जाने गर्दछ । साथसाथै हरिसिद्धी र अजिमा पनि पछि छि लाग्ने गर्दछ । अनि अन्तिममा सबै खट बालकुमारी मन्दिरमा पुगेर बालकुमारी मन्दिरको बिजोरपल्ट परिक्रमापछि आ-आफ्नो स्थानमा खट विराजमान गरिसकेपछि चान्हेसिया जात्रा समापन हुने चलन छ ।


प्रकाशित : वैशाख १, २०८० १७:११
प्रतिक्रिया
पठाउनुहोस्