भैरवको रथ तान्दै सुरु भयो बिस्का जात्रा

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्रा सुरु भएको छ । सोमबार बिहान भैरवको पूजासँगै सुरु भएको जात्रामा सहभागीहरूले साँझ भैरवको रथ तानेका छन् । चैत्र २७ देखि वैशाख ५ गतेसम्म धूमधाम मनाइने यो जात्राका लागि आइतबार नै सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको थियो ।

बिस्का जात्राको पहिलो दिन काठै–काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरिएको थियो । पहिलो दिन तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा रथ तानिएको हो ।

बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन गरिन्छ । त्यस दिनलाई स्थानीय भाषामा द्यः(देवता) थांहां बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । जात्राको पहिलो दिन जस्तै त्यस दिन भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न हुन्छ ।

प्रकाशित : चैत्र २७, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्