कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

सोरूका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर, वडाध्यक्ष, निर्माण समितिका अध्यक्षसमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोरूका तत्कालीन प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोरु गाउँपालिका वडा नं. ७ मा दाक्च-ख्याल्च सडक निर्माण आयोजनाको नापी किताबमा गलत विवरण र कार्यसम्पन्न प्रतिवदेन बनाइ बढी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढा, अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु वडानम्बर-७ तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमी छन् ।

तेह्र लाख बहत्तर हजार तीन सय चालीस रुपैयाँ पैतालीस रुपैयाँ पैसा बिगो कामय गरी सोही अनुसार कैद र जरिवाना माग गरिएको छ ।

प्रकाशित : जेष्ठ १८, २०८१ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×