कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : महासचिव गुरुङ 

काठमाडौँ — सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विस्तृत शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक दलहरुबीच कम्तिमा पनि सहमति नभई शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्ने उनको निष्कर्ष थियो ।

शान्ति प्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति जरुरी छ : महासचिव गुरुङ 

सोमवार बेपत्ता योद्धा समाज परिवार नेपालले काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले विश्वमा शान्ति नचाहने शक्तिहरुले नेपालमा पनि शान्ति प्रक्रियालाई भड्काउने प्रयास गरिरहेको दाबी गरे ।

मुलुकको आन्तरिक मामिलामा चलखेल गरेर उनीहरुले शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन नदिएको महासचिव गुरुङले दाबी गरे । उनले एउटा वा दुई वटा दलले मात्रै चाहेर मुलुकको शान्ति प्रक्रियाको कामले पूर्णता नपाउने बताए ।

महासचिव गुरुङले भने, 'मुलुकको परिस्थितिको सन्दर्भमा सबै दलहरुबीच सहमति हुन जरुरी छ । सहमति हुन सकिराखेको छैन । मुलुकमा राष्ट्रिय सहमतिको जरुरी छ । तर सहमति हुने अवस्था देखिरहेको छैन । एउटा या दुईटा दलले चाहँदैमा मात्रै सहमति भइहाल्ने अवस्था पनि छैन ।'

उनले देशमा भइराखेको शान्तिसमेत भंग गरेर अशान्तितर्फ जान चाहिरहेको आभास हुन थालेको बताए । उनले दलहरुबीच राष्ट्र र राष्ट्रियताको सवालमा समान धारणा बनाएर अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

प्रकाशित : जेष्ठ ७, २०८१ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×