सरकार असफल भयो, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔं : कोइराला  

नारायण शर्मा

पूर्वी  नवलपरासी — नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकार सञ्चालनमा असफल भइसकेको दाबी गर्दै अब माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन् । 

सरकार असफल भयो, अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔं : कोइराला  

'प्रधानमन्त्री आफैं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्न,' उनले भने,'त्यो भनेको प्रचण्डको सरकार असफल छ भन्ने हो । अब ढिला नगरी पूर्व सहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनु पर्छ ।'

कावासोतीमा बिहीबार नेत्रप्रसाद भूसालको स्मृतिमा नेपाल प्रेस यूनियनद्धारा स्थापित पुरस्कार घोषणा कार्याक्रममा सञ्चारकर्मीहरूसँग कोइरालाले सरकार सञ्चालन गर्न दुरगामी दृष्टिकोण र आर्थिक पक्ष महत्वपूर्ण हुने कोइरालाले बताए । 'यी दुवै कुरामा प्रचण्ड असफल हुनु भएको छ', कोइरालाले भने,' अब ढिला नगरी दलहरुको पूर्व सहमतिअनुसार नेपाललाई प्रधानमन्त्री बताउनुपर्छ ।'

माधव नेपालपछि शेरबहादुर प्रधानमन्त्री हुने उनले सुनाए । 'यो सहमतिको सरकार हो । सबैले पूर्व सहमति पालन गर्नुपर्छ भन्ने लाग्छ' कोइरालाले भने ।

कोइरालाले कांग्रेसको फागुन पहिलो साता काठमाडौंमा हुने महासमितिको भेलामा हिन्दु राष्ट्र र संघीयताको विषय उठाउने जानकारी दिए । संविधानमा संघीयता लेखिएपनि व्यवहारमा केन्द्रले नै शासन भइरहेकाले यो विषय कांग्रेस महासमिति भेलामा एजेण्डासहित छलफल हुने कोइरालाले बताए ।

प्रकाशित : माघ १८, २०८० १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?