कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एनसेल प्रकरणबारे कोट्याउँदा देशको अवस्था असहज बन्छ : प्रधानमन्त्री दाहाल

देवनारायण साह

मोरङ — प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल प्रकरणको बारेमा कोट्याउँदा देशको अवस्था झन् असहज बन्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले एनसेल प्रकरणमा दुबईबाट फर्किनेबित्तिकै आफूले प्रस्ट पारिसकेको बताएका हुन् ।

एनसेल प्रकरणबारे कोट्याउँदा देशको अवस्था असहज बन्छ : प्रधानमन्त्री दाहाल

´एनसेलको बारेमा अनावश्यक नकोट्याउनु होस्, झन् वातावरण असहज बनाउने काम कसैले पनि नगरौं,` प्रधानमन्त्री दाहालले भने, ´राष्ट्र र जनताको पक्षमा जे सत्य-तथ्य हो र जे संविधान, कानुन र नियमले मिल्छ त्यो बाहिर जान दिँदैनौं ।` त्यसैले एनसेलको बारेमा अनावश्यक कचिंगल उचालेर वा अनावश्यक भ्रम सिर्जना गर्ने षड्यन्त्र असफल हुने र विषय अगाडि बढ्ने उनले दाबी गरे ।

प्रधानमन्त्री दाहालले मन्त्रीहरूको अभिव्यक्तिले अनावश्यक द्वन्द्व बढाउने विषयलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । ´अहिलेसम्ममा सरकारको काम के भयो त्यसको छलफलका लागि मात्रै मन्त्रीहरूलाई बाहिर नजान भनेको उनले प्रष्टीकरण दिए । ´तर अब नयाँ ढंगले सरकारको विकास निर्माणलगायत जनताको काम अगाडि बढाउन मन्त्रालयलाई लक्ष्य दिइन्छ र त्यो पूरा नभए कडा रूपमा अघि बढछु,` उनले भने, ´सोचे अनुसार सरकार सफल भएको दाबी गर्दिनँ किनकि गठबन्धनको सरकार भएकोले धेरै सीमा, अप्ठ्यारा छ,` उनले भने, ´तर जे भएको छ त्यो सफल नै छ । सुशासनको पक्षमा यो तहको पहल इतिहासमा नै भएको थिएन ।`

प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरणको विषयमा संवादको माध्यमबाट शान्तिपूर्ण रूपमा सहज समाधान गर्ननुपर्ने बताएका हुन् ।

प्रकाशित : पुस ५, २०८० २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?