२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८
नक्कली शरणार्थी प्रकरण

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

काठमाडौँ — उच्च अदालत पाटनले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

पूर्वगृहमन्त्री खाणलाई ३० लाख धरौटीमा छोड्न आदेश

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो । यसअघि न्यायाधीशहरूबीच राय बाझेपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासले छोड्ने पक्षमा राय दिएको हो ।

उच्च अदालत पाटनले खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको जानकारी दिए । न्यायाधीश कोइरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको भट्टराईले बताए। उनले उच्च अदालतमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको बताए ।

‘निवेदक बालकृष्ण खाँणसमेत भएको काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी पाउँ भन्ने निवेदन संयुक्त इजालसमा पेश भइ २०८०/०८/१५ मा आदेश हुँदा संयुक्त इजालसमा भएको न्यायाधीशहरू बीच प्रतिवादी बालकृष्ण खाँणको हकमा आदेश रायमा मतभेद भएको कारण फैसला हुन नसकी उच्च अदालत नियमावली २०७३ को नियम १२ बमोजिम पेश हुन आएको थियो,' न्यायाधीश कोइरालाको आदेशमा भनिएको छ, '२०८०/०३/०१ को काठमाडौं जिल्ला अदालतको फैसला बमोजिम मुलुकी फौजदारी कार्यविधि २०७४ दफा ६८ र ७२ बमोजिम निवेदकबाट ३० लाख नगद धरौटी बैंक जमानत लिनेगरी आदेश भएको देखिएको प्रतिवादी बालकृष्ण खाँण यसै संगलनबाट प्रत्यक्ष रुपमा अभियोग दाबी बमोजिमको कसुरमा संलगन अवस्थाको अभाव देखिँदा उच्च अदालत नियमावली अनुसारको नियम १२ एक बमोजिम निवेदक बालकृष्ण खाँणबाट मुलुकी फौजदारी कार्यविधि समिता २०७४ को दफा ६८ र ७२ बमोजिम काठमाडौं जिल्ला अदालतबाट २०८०/०३/०१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी आदेशलाई बेरितको देखिँदा बदर गरी ३० लाख रुपैयाँ नगद धरौटी लिई तारेखमा राखी मुद्दाको पूर्पक्ष गर्नेगरी २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ ।’

उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाँणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

प्रकाशित : मंसिर २८, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?