२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
नक्कली भुटानी शरणार्थी प्रकरण 

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ — नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

पूर्वगृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न अदालतको आदेश

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । त्यस्तै शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका शरणार्थी नेता टेकनाथ रिजाललाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरीपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मंगलबारदेखि नियमित सुनुवाइ जारी थियो । सुनुवाइ बिहीबार सकिए पनि फैसला शुक्रबार मात्रै आएको हो ।

प्रकाशित : मंसिर १५, २०८० १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?