माओवादीलगायत पार्टीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन

काठमाडौँ — नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ । 

माओवादीलगायत पार्टीसँग एकता गर्न भट्टराईको नेतृत्वमा समिति गठन

नेसपाको बुधबार बसेको बैठकले सात सदस्यीय एकता समिति गठन गरेको हो । जसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठकाअनुसार पार्टी एकता र ध्रुवीकरण संयोजन समिति संयोजकमा भट्टराई छन् भने सदस्यमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह रहेका छन् । 'बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा (माओवादी केन्द्र) लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जान संयोजन समिति बनाउने' निर्णय भएको श्रेष्ठले जानकारी दिएका छन्।

त्यस्तै, नेसपाको केन्द्रीय समितिले पार्टीका विभिन्न कार्यबारे निर्णय गरेको छ । नेसपाले संगठन निर्माण तथा बिस्तार अभियानको अवधि २ महिना थप गर्ने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय गरेको छ । मंसिर-पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने निर्णय पनि नेसपाले गरेका छन् । २०८१ बैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय पनि नेसापले गरेको छ ।

प्रकाशित : मंसिर ६, २०८० १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?