२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

१०५० थान स्लिपिङ ब्याग बोकेर जाजरकोट उडे चार मन्त्री

कान्तिपुर संवाददता

सुर्खेत — उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ जाजरकोट भूकम्पबाट पीडितहरूका लागि राहत र उपचारका सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री श्रेष्ठको टोलीमा संघीय सरकारका चार मन्त्री र केही सांसदहरु समेत छन् ।

१०५० थान स्लिपिङ ब्याग बोकेर जाजरकोट उडे चार मन्त्री

शुक्रबार मध्यरात गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मात्रै १५७ जनाको मृत्यु भएको छ भने डेढ सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ । भूकम्प र त्यसपछिका पराकम्पबाट त्रसित स्थानीयहरु चिसोमा खुला आकाशमुनि रात कटाउन बाध्य छन् ।

सरकारले राहतका सामाग्री पुर्‍याउन नसकेको गुनासो आइरहेका बेला गृहमन्त्री श्रेष्ठसहित चार मन्त्री राहत सामाग्री बोकेर त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरुले १०५० थान स्लिपिङ ब्याग, २०० थान त्रिपाल र १०० थान ब्ल्याङकेटसहितका सामाग्री लगेका छन् ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत र सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालगायत छन् ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित क्षेत्र पुगेर उद्धार र उपचारका लागि निर्देशन दिएका थिए । आइतबार बिहान बसेको बैठकले अब राहत र पुनःस्थापनाका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : कार्तिक १९, २०८० १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?