२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

११ केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

केदार सिवाकोटी

दोलखा — दोलखाको बरामद भएको ११ केजी सुन तस्करी गिरोहका थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंको महानगरपालिका–१५ किमाडोल बस्दै आएका चीनको सिचुवान प्रान्तका टासी दावा भनिने आगर लामालाई पक्राउ गरेको हो । 

११ केजी सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

पक्राउ परेका लामा ११ जेजी सुन तस्करी गिरोहका मुख्य व्यक्ति हुनसक्ने प्रहरी स्रोतले जनाएको छ । लामाले नै ११ केजी सुन सीमा नाकाबाट पैदलमार्फत तस्करी गर्न लगाएका प्रहरीको अनुमान छ । मंगलबार स्वयम्भूबाट सीआईबीले एक चिनियाँ नागरिकसहित ३ जना पक्राउ गरेको थियो ।

यसअघि चिनियाँ नागरिक ग्वाङ रोउ, लालबहादुर तामाङ र सनथ प्रधान पक्राउ परेका थिए । यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा लामालाई सीआईबीले पक्राउ गरेको हो । हालसम्म ११ केजी सुन प्रकरणमा ११ जना पक्राउ परिसकेका छन् ।

असोज १० र १२ गते प्रहरीले विगु गाउँपालिका–३ जामुनेबाट ७ केजी र असोज १३ गते विगु गाउँपालिका– १ लामाबगरबाट चीनको सीमाबाट तस्करले ल्याएको सुन बरामद गरेको थियो । चीनको रोङजिया नाका हुँदै पैदलमार्गबाट सुन तस्करी भएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : आश्विन १७, २०८० १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?