कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नयाँ पार्टी उर्लंदो खहरे हुन् : रमेश लेखक

‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदीसमान हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन्,’ लेखकले भने, ‘नयाँ पार्टी उदाउँदैमा कुनै पनि कांग्रेसीले आत्तिनु पर्दैन ।’
टीकाप्रसाद भट्ट

रामेछाप — कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नवोदित दलहरूलाई उर्लंदो खहरेको संज्ञा दिएका छन् । ४१औं बीपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले नयाँ पार्टीहरू उर्लंदो खहरे भएको बताएका हुन् ।

नयाँ पार्टी उर्लंदो खहरे हुन् : रमेश लेखक

‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदीसमान हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन्,’ लेखकले भने, ‘नयाँ पार्टी उदाउँदैमा कुनै पनि कांग्रेसीले आत्तिनु पर्दैन ।’

प्रमुख सचेतक लेखकले बीपीको विचार कालजयी भएको बताए । ‘बीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी हुनु हो,’ लेखकले भने, ‘लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनायौं । त्यही भएर बीपीले प्रतिपादन गरेको कांग्रेसको विचारले सबै विचारलाई जितेको छ ।

प्रकाशित : श्रावण ६, २०८० १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?