२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्कालाई

बुधबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा पप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छिन् ।

प्रधानमन्त्री दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि प्रस्थान गरेका हुन् । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो । उनी बुधबार दिउँसो १:२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत प्रस्थान गरेका हुन् ।

प्रकाशित : जेष्ठ १७, २०८० १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?