गौरमा तनाव, कर्फ्यू लगाइयो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौरमा तनाव, कर्फ्यू लगाइयो

शिव पुरी

रौतहट — मधेशीमोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबिच रौतहटको गौरमा सोमबार अपरान्हबाट दोहोरो झडप भएको छ । झडपपछि स्थिति नियन्त्रण बाहिर गएकाले स्थानीय प्रशासनले साढे ४ बजेबाट सदरमुकाम गौरमा कर्फ्यू आदेश जारी गरेको छ ।

झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी एक दजर्न बढी घाईते छन् ।
मधेशवादी दलका कार्यकर्ताले जिल्ला प्रशासनमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले अश्रुग्यास र भिड तितरबितर गर्न केही राउण्ड रबरको गोली हानेको छ । त्यसपछि आन्दोनलकारी आक्रामक देखिएका थिए । उनीहरुले केही बेर जिल्ला प्रहरी घेराउ गरी आक्रमणको प्रयास गरे पछि प्रहरीले अश्रुग्यास  र रबरको गोली प्रहर गरेको थियो । दस दिनदेखि बन्दको आह्वान गरी बसेका मोर्चा र सुरक्षाकर्मी बिच गौरको चौक बजारमा झडप भईरहेको छ । झडपका क्रममा रबरको गोली लागी आन्दोलनकारी सरोज पडित, दरिवन मिया रमेश महतो घाईते भएको तमलोपाका जिल्ला नेता अनिल सिंहले जनाए । उनले भने, राज्यले आन्दोलनकारीको माग सम्बोधन गर्न नसकेकोले यस्तो अवस्था आएको हो ।     
आन्दोलनकारीको ढुगामुढाबाट ६ जना सुरक्षाकर्मी घाइते भएका छन् । स्थिति नियन्त्रणबाहिर गए पछि अहिले गौरमा कफ्र्यू लगाईएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाए ।

 

प्रकाशित : भाद्र ७, २०७२ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसीको अनसन सुरु

अतुल मिश्र

काठमाडौं — मेडिकल शिक्षामा सुधार लगायतका माग राखेर डा. गोविन्द केसी छैटौंपटक आमरण अनसन सुरु गरेका छन् ।



पाँचपटकको अनसनमा सरकारले सहमति मात्रै गर्ने तर कार्यान्वयन नगर्ने गरेको भन्दै केसी सोमबार ४ बजेबाट शिक्षण अस्पतालमा अनसन बसेका हुन् । उनले सरकारले आफूलाई बेबकुफ बनाउने मात्रै काम गरेको भन्दै माथेमा प्रतिवेदन लागु गर्नुपर्ने माग गरेका छन् ।

उनले अाजदेखि अनशन सुरु गरेकाे पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

प्रकाशित : भाद्र ७, २०७२ १६:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×