२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जनकपुरमा साहित्य, कला उत्सव

श्यामसुन्दर शशि

जनकपुर — धनुषाको जनकपुरमा शुक्रबारदेखि तीन दिवसीय साहित्य, कला उत्सव सुरु भएको छ । विमर्श फाउन्डेशनले आयोजना गरेको कार्यक्रमको औपचारिक उद्घाटन भने शनिबार प्रदेश प्रमुख हरिशंकर मिश्रले गर्नेछन् ।

जनकपुरमा साहित्य, कला उत्सव

शुक्रबार जनकपुरको गाथा विषयमा विमर्श तथा कवि गोष्ठी आयोजना भयो । विमर्शमा साहित्यकार सुनिल मल्लिक, सुजितकुमार झा, अशोक दत्त, पुनम झा मैथिल तथा बीपी साह सहभागी थिए । कवि गोष्ठीमा राजेन्द्रप्रसाद, रोशन जनकपुरी, रमेश रञ्जन झा, धीरेन्द्र प्रेमर्षि, रुपा धीरु गरी नेपाल र भारतका दुई दर्जनभन्दा बढी कवि तथा कवियत्रीहरुले कविता, गीत, गजल वाचन गरेका थिए ।

फाउन्डेशनकी अध्यक्ष विभा झाका अनुसार उत्सवमा नेपाल-भारतका सयभन्दा बढी साहित्यकार सहभागी छन् ।


प्रकाशित : जेष्ठ २६, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?