कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

तनाव र डिप्रेसनले ज्यान लिन सक्छ

काठमाडौ — एउटा नयाँ अध्ययन अनुसार तनाव र डिप्रेसनले ज्यान समेत लिन सक्छ । अध्ययन अनुसार तनाव र डिप्रेसनमा रहेकाहरू छोटो उमेर बाँच्छन् ।


युनिभर्सिटी कलेज, लन्डन र एडिनवरा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनमा उक्त कुरा पहिल्याएका हुन् । अध्ययन अनुसार हलुका तनावले समेत मृत्युको खतरा १६ प्रतिशतसम्म बढाउँछ । यस्तै गम्भीर तनावले भने मृत्युको जोखिमलाई ६७ प्रतिशतसम्म बढाउने अध्ययनमा देखिएको हो । यो अनुसन्धान बि्रटिस मेडिकल जर्नलमा प्रकाशित भएको छ ।

प्रकाशित : पुस १४, २०६९ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?