कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

रक्सीले बचायो ज्यान

एजेन्सी

लण्डन — रक्सीले बिरामी मृत्यु हुनबाट बचायो भन्दा पत्याउन मुश्किल पर्ला तर बेलायती डाक्टरले त्यसै गरेर एक बिरामीको ज्यान बचाएका छन् । मुटुका बिरामी भएका एक बृद्धको ज्यान बचाउन अन्तिम उपायस्वरुप डाक्टरले इथानोल (रक्सी) को प्रयोग गरेका हुन् ।

रक्सीले बचायो ज्यान

बीबीसीले जनाएअनुसार बेलायतका बि्रस्टोलका ७७ बषर्ीय रोनाल्ड एल्डोमलाई बचाउन डाक्टरले यस्तो उपाय अपनाएका हुन् । मुटुको धड्कन अस्वभाविक भएपछि अस्पताल ल्याइएका उनलाई बचाउन डाक्टरले शुद्ध इनाथोल प्रयोग गरेका थिए ।
उपचारमा संलग्न डाक्टर टम जोनसनका अनुसार उनको मुटुको धड्कनमा अवरोध पुर्‍याउने मांशपेशीलाई इथानोल प्रयोग गरी मृत बनाएपछि उनको धड्कन स्वभाविक अवस्थामा आएको हो । उनी उपचारपछि घर फर्किसकेका छन् ।
'डाक्टरले यसो नगरेको भए म बााच्ने थिइन्', घर आएपछि उनले भनेका छन्,'धन्यवाद डाक्टरहरुलाई ।'

प्रकाशित : पुस ९, २०६९ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?