१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चराले जस्तै हेर्दा (फोटोफिचरसहित)

किरण पाण्डे

यात्रीहरू भन्छन्, यात्रा गर्नका लागि नेपाल सबभन्दा राम्रो देश हो। हिँडेर, गुडेर र उडेर-तपाईं जसरी पनि यात्रा गर्न सक्नुहुन्छ। र, नेपालको भौगोलिक तथा जैविक विविधताका दृश्यको मजा लिन सक्नुहुन्छ।
कुन स्थान घुम्ने? केचाहिँ दृश्य हेर्ने?

चराले जस्तै हेर्दा (फोटोफिचरसहित)
यात्रीहरू भन्छन्, यात्रा गर्नका लागि नेपाल सबभन्दा राम्रो देश हो। हिँडेर, गुडेर र उडेर-तपाईं जसरी पनि यात्रा गर्न सक्नुहुन्छ। र, नेपालको भौगोलिक तथा जैविक विविधताका दृश्यको मजा लिन सक्नुहुन्छ।
कुन स्थान घुम्ने? केचाहिँ दृश्य हेर्ने? ६ हजार मिटरभन्दा माथिकै सयभन्दा बढी चुचुरा छन्। ८ वटा त ८ हजार मिटरभन्दा अग्ला छन्, विश्वकै अग्लो सगरमाथासहित। ५ हजारभन्दा बढी ताल छन्। संसारकै सबभन्दा उचाइमा रहेको तिलिचोदेखि मनमोहक रारासम्म। करिब ९ सयथरी चरा छन्। वनस्पति र अन्य जनावर पनि उत्ति नै।
यी सबै दृश्यापानका लागि कम्ती समय लाग्दैन। छोटोमै घुम्ने एउटा उपाय छ हवाई यात्राको। यस्तो यात्रामा हिमाल, पहाड र तराईदेखि खोलानाला, ताल र जंगलसम्म, गाउँदेखि सहरसम्म र मन्दिरदेखि गुम्बासम्मको दृश्यावलोकन गर्न सकिन्छ। साथ दिनुपर्छ त केवल मौसमले। हिमाल हेर्न विभिन्न आन्तरिक विमान सेवाले दिने 'माउन्टेन फ्लाइट' सेवा पर्याप्त छ। एक घन्टा जति उड्दा प्रायः सबै चुचुरा देख्न सकिन्छ।
वर्षौं लगाएर पनि देख्न र घुम्न नसकिने स्थानहरू क्यामेरामा कैद गर्न केही मिनेट, केही घन्टा र केही दिन मात्र लाग्छ, हवाइजहाज यात्रामा। जमिनबाट देख्न नसकिने कति चीजहरू हवाइजहाज, हेलिकप्टर र प्यराग्लाइडिङबाट हेर्दा छर्लङ्ग हुन्छ। काठमाडौं-पोखरा उडानका क्रममा देखिने तालहरू, काठमाडौं-विराटनगर र काठमाडौं-नेपालगन्ज उड्दा देखिने सहर, गाउँ, जंगल, नदीनाला र हिमालहरू मनै बहलाउने गरी देखिन्छ। नेपालगन्ज वा सुर्खेतबाट कणर्ालीका जिल्लातर्फ उड्दा निलो डोरीजस्तो लमतन्न परेको कणर्ालीको डिलमा कोरिएको धर्सोजस्तो बाटोले आङ नै सिरिङ बनाउँछ।
चराले उड्दाखेरी जे-जति देख्छ, त्यति नै जस्तो दृश्यपान गर्न सकिन्छ यस्ता 'एरियल भ्यू' हरूमा। 'बर्ड्स आई भ्यू' पनि भनिने यी दृश्यहरू केही वर्षयता खिचिएका हुन्।



















प्रकाशित : पुस ५, २०७१ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?