२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५४

खुम्बु क्षेत्र 'उत्कृष्ट गन्तव्य’

काठमाडौ — गन्तव्यबारे जानकारी दिने वेब पोर्टल लोन्ली प्लानेटले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार विश्वभरमा घुम्न सकिने उत्कृष्ट १० क्षेत्रको सूचीमा खुम्बु परेको हो ।

खुम्बु क्षेत्र 'उत्कृष्ट गन्तव्य’
आगामी वर्ष २०१५ मा घुम्नका लागि उत्कृष्ट १० क्षेत्रमा खुम्बु परेको छ । विश्वभरका पर्यटकीय सबैभन्दा अग्लो शिखर सगरमाथाका कारण बढी चर्चित हुने गरेको खुम्बु क्षेत्र सूचीको छैटौं
नम्बरमा छ ।
यो क्षेत्रमा एक्स्प्लोर भएका नयाँ रुटहरूले पनि खुम्बुलाई आकर्षणको केन्द्र बनाएको लोन्ली प्लानेटमा उल्लेख छ । खुम्बुभन्दा अगाडि टर्कीको गल्लीपोली, अमेरिकाको ढुङे पर्वतीय राष्ट्रिय निकुञ्ज, बेलायतको टोलेडो, अस्ट्रेलियाको टास्मानिया र नर्वेको नर्वे आर्टिक परेका छन् । नेपाल आउने पर्यटकमा सबैभन्दा बढी जाने क्षेत्रमा पनि खुम्बु पर्छ । पर्वतारोहण र पदयात्रा दुवैका लागि यो क्षेत्र उपयोगी छ । 'तेन्जिङ र हिलारीको पाइलाले चिनाएको सगरमाथाको यात्रा क्लासिक हुन्छ, जुन सबैभन्दा उच्च हिमालको घर पनि हो,' प्लानेटले उल्लेख गरेको छ, 'जसलाई प्रख्यात बनाउन बजारीकरण गरिरहनु पर्दैन, मात्र सगरमाथा भने पुग्छ । अनि सबैको ध्यान आफैं त्यता जान्छ ।'
सगरमाथा क्षेत्रको मात्र नभई
आफ्नो पदयात्रालाई अझै बढी रोचक बनाउनु छ भने त्यहाँबाट जिरी र तुम्लिङटारसम्मको यात्रा गर्न सकिन्छ । जो विश्वकै सबैभन्दा लामो पदमार्ग ग्रेट हिमालय ट्रेलअन्तर्गत पनि पर्छ । सन् २०१५ का लागि किन खुम्बु क्षेत्र रोज्नुपर्‍यो ? किनभने सगरमाथा त्यहाँ छ । यो भनाइ नेपालमा पहिलो कमर्सियल पदयात्रा गर्ने जिमी रोबर्टले भनेका हुन् । तर अन्नपूर्ण र सगरमाथा क्षेत्रमा भएको हिमपातका कारण धेरैको मृत्यु भइसकेकाले पदयात्रीको सुरक्षालाई नेपालले पहिलो प्राथमिकतामा राख्नुपर्ने भएको छ । 'पदयात्राका क्रममा मान्छेहरूलाई बस्ने र अन्य सुरक्षाका सुविधा होस् भनेर ध्यान दिन जरुरी छ,' प्लानेटले उल्लेख गरेको छ ।
खुम्बु क्षेत्रका लागि काठमाडौंबाट दैनिक ६० र मौसमको समय ८० उडान हुने गर्छ । उक्त क्षेत्र पर्यटकीय मौसममा सबैभन्दा बढी भिडभाड हुने क्षेत्र हो ।



 

प्रकाशित : कार्तिक १३, २०७१ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?