भिक्टर प्रधान

भिक्टर प्रधानका लेखहरु :

होलीको अर्को कोण

सिंगो हिन्द उपमहाद्वीपको आदिमतम प्रागैतिहासिक उत्सवमध्येको एक हो– होली पर्व । फागुनमा मनाइने भएकाले पछि फागु वा फगुवा भनियो । यसका अरू फर्मायसी नाम समयक्रममा थपिँदै गएका हुन् भने यससित अन्य धार्मिक, लौकिक पक्ष पनि गासिँदै गए । यसको उद्गमका सम्बन्धमा अनेक हिन्दु पौराणिक प्रसंग गाँस्ने गरिए पनि ऐतिहासिक वास्तविकता त्यो होइन । यो हिन्द उपमाहाद्वीपमा आदिमकालदेखि न्यानो, नयाँ मौसम सुरु हुने क्रममा मनाइँदै आइएको पर्व हो, जुन वैदिक सभ्यताले पनि अंगीकार गरेर जोगायो ।