२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

राधा पोखरेल

राधा पोखरेलका लेखहरु :

सेयर बजारमा पैसै पैसा

कोरोनाले थिलथिलो बनाएको यो समयमा पैसा सोचमा छ । विचार र भावनामा पैसा छ । सबैको सम्मिश्रण भनेको पुँजी बजार नै हो । किन पनि हो भने, पुँजी बजारमा सबै क्षेत्रबाट मानिस आउन सक्ने भए । पुँजी बजार भनेको यस्तो क्षेत्र हो, यसमा कुनै धर्म, सीमा क्षेत्र आदि केही हुन्न । पुँजी बजारका लागि कार्यालय सञ्चालन गर्नुपर्दैन । कर्मचारी राख्नुपर्दैन । हामीले कुनै जागिरमा पूरै समय दिएजस्तो समय लगाउनु पनि पर्दैन । व्यवसाय वा अरू जागिर गरिरहे पनि पुँजी बजारलाई सँगसँगै लैजान सकिन्छ । त्यसैले पनि पुँजी बजार धेरैभन्दा धेरैको आकर्षणको केन्द्र बनेको हो । एकदम सुखसयलमा बाँच्न खोज्नेलाई सुखको पेसाका रूपमा पनि यसलाई रोज्ने गरिएको छ । त्यस हिसाबले पुँजी बजारमा पैसै पैसा छ जस्तो लाग्छ ।