डा. अरुणा उप्रेती

डाक्टर र विश्वास

केही दिनअघि काठमाडौंको एउटा ठूलो अस्पतालमा भर्खर जन्मेको बच्चाको ‘मस्तिष्क’ को शल्यक्रिया तीन–चार चोटि गरेपछि पनि बच्चाको स्वास्थ्य राम्रो नभएको र पछि त रोगको निदान नै ठीक नभएको कुरा प्रचारमा आयो ।

पूरक भोजनको नाममा ठगी

अहिले नेपालमा ‘फोर्टिफिकेसन’को हावा चलेको छ । आमजनले खाने खाना पिठो, तेल, चामल आदिमा थरीथरीका भिटामिन, खनिज पदार्थ मिसाएर खान दिने चलन छ । जब सरकारले साधारणजनको स्वास्थ्यको वास्ता गर्नुको साटो ठूला व्यापारीहरूको पैसा कमाउने चाहनालाई बढी समर्थन गर्छ, त्यसबेला ‘फोर्टिफिकेसन’को ‘स्वाङ’ र नाटक हुन्छ ।

चाडपर्वमा के कोसेली ? 

जब–जब चाडपर्व नजिकिन थाल्छ, पत्रकारहरू मलाई के खाने, के पिउने भनेर सोध्छन् । म पनि प्रायः सबै रेडियो, टिभी र पत्रिकामा पोषण सम्बन्धी विभिन्न कुरा बोल्छु । पत्रपत्रिकामा विभिन्न कुरा लेख्छु, तर त्यसको सिकाइचाहिँ प्रायः एउटै हुन्छ । त्यो हो, घरमै बनाएको खाना खाने । बट्टाको जुस होइन, फलफूल नै खाने । जुसै खानुपर्‍यो भने घरमा हातैले निचोरे भए पनि ताजा फलफूलकै जुस बनाएर खाने गर्नुपर्छ । 

गुणकारी गुलाब

पोहोर साल नेपालमा भारतबाट १४ फेब्रुअरीमा करोडौंको गुलाबको फूल आयात भयो रे । त्यो फूल सायद केही दिन सुकेर बाहिर फालियो । यो वर्ष गुलाबको फूल आयात झन् धेरै हुने होला ।

चाहिने–नचाहिने औषधि

मैले केही वर्षअघि डा. रमेशकान्त अधिकारी (वरिष्ठ बालरोग विशेषज्ञ) संँग भिटामिनका चक्की झोल र बालबालिकाको स्वास्थ्यबारे जिज्ञासा राखेकी थिएँ । ‘पोषणयुक्त खानाको सट्टा मान्छेले सिसीमा भएको महँगो भिटामिनको झोल खान्छन् । कुनै पनि वैज्ञानिक अनुसन्धानले भिटामिन झोलका रूपमा खानुपर्छ भनेर पुष्टि गर्दैन ।

डा. अरुणा उप्रेतीका लेखहरु :

शोकमा लैंगिक विभेद

दुई वर्षअघि मेरी साथीकी ७० वर्षीया आमाको मृत्यु हुँदा सान्त्वना दिन गएकी थिएँ । साथीका ७५ वर्षीय बुबा दु:ख मानेर बसिरहेका थिए । जाडोका बेला भएकाले उनलाई चिसो नलागोस् भनेर कम्बल ओढाइएको थियो । उनी खाटमा बस्थे ।

चुप : कति लागिरहने ? 

‘चुप’ किताबमा कसरी महिलामा भारतमा संस्कृतिको नाममा चुप लाग्न सिकाइन्छ भनेर ठाउँठाउँमा विभिन्न महिला र युवतीको भनाइ राखिएको छ । यौन र यौनिकताका बारेमा कुनै किशोरीले प्रश्न गरिन् भने ‘यो त विवाहपछि थाहा भइहाल्छ’ भनिन्छ ।

बेसारको बहुउपयोग

कसैको घरमा मृत्यु भयो भने किरियापुत्री र त्यस घरका मानिसका लागि बेसार नहाली खानेकुरा पकाउने गरिन्छ । खानामा रङ नदेखिँदा खानै गाह्रो हुन्छ । दु:खी भएर बसेका बेला आँखाले किन सुन्दर देख्नुपर्‍यो र भन्ने भावनाले शोक मनाउन बेसार प्रयोग नगरिएको हो कि ?

बुर्का र कालो साडी

सन् १९७८ मा इरानी महिला कालो बुर्का लगाएर सडकमा उत्रिएका थिए । उनीहरू राजाको निरंकुशता, राजाको ‘सावाक’ नामको गुप्तचर संस्थाले गरेको अमानवीय व्यवहारको विरोध गर्दै आन्दोलित थिए । राज्यबाट बेपत्ता पारिएका मानिस पत्ता लगाउनुपर्ने माग पनि सँगै अघि सारेका थिए ।

उवा अर्थशास्त्र

नेपालको मुस्ताङ, मनाङ, कर्णाली भेगतिर उवा पर्याप्त पाइन्छ । नजिकको तीर्थ हेला भनेझैं उवा अहिले कर्णालीमै अपहेलित छ । काठमाडांैका मानिसलाई त उवाको बारेमा कुराकानी गर्‍यो भने कतिले त उवा र खुवा छुट्ट्याउन पनि सकिरहेका हुदैनन् । वास्तवमा उवा भनेको जौ नै हो । उवा आफैंमा ऊर्जा, सूक्ष्म पोषक तत्त्व, रेसादार पदार्थले भरिपूर्ण भोजन हो ।