२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

किरातीले कतारमा प्रकृति र पितृको पूजा गरे

भानु सुनुवार

दोहा — किरातीको महान् चाड तथा राष्ट्रिय पर्व साकेला उधौली, चासोक तङनाम, रापवा श्याादर पिदार- ५०७४ लाई कतारका किराती तथा गैरकिरातीहरूले कतारमा भव्यताका साथ मनाए ।

किरातीले कतारमा प्रकृति र पितृको पूजा गरे

किरात सभ्यताको सरूवात सिकारी पेसाबाट जीवन निर्वाह गर्ने अवस्थादेखि नै पुर्खा र प्रकृति पूजाको परम्परा सुरु भएर खेतीपाती गर्न थालेपछि पनि प्रकृति तथा पुर्खा पूजालाई किरातहरूले निरन्तरता दिंदै आए ।
पञ्चमहाभूत शक्तिलाई आत्मसात् गर्दै आगो पुज्नु, पानी पुज्नु, वायु पुज्नु, भूमि ढोग्नु, आकाश ढोग्नु, जस्ता बोन आचारसंहिता पालना गर्दै प्रकृतिको सम्मान गर्दै आए । अझ खेती गर्न थालेपश्चात् किरातहरूले उध्ाौली र उभौली गरेर वर्षको २ पटक प्रकृति तथा पुर्खा पुजा गर्ने एक सुनिश्चित परम्पराको थालनी गरे । सुरुमा अन्नबाली लगाउने याममा तथा आफूले लगाएको अन्नबाली पाकपेछि भित्राउँदा, नयाँ अन्न पितृहरूलाई अर्पण गररे मात्र खाने परम्परा विकास गर्दै गए ।
यसरी मनाइने चाड किरात समुदायहरूमा गुराँस वा आरु फुलेको याम, जुन बेला चराहरू तथा खोलाका माछाहरू उत्तरतिर लाग्छन् लाई बाली लगाउने याम मानेर अन्नबाली सपि्रयोस् सहकाल होस् भन्ने कामना गर्दै उभौली र पैयुँ फुलेको याममा जुन समय चराहरू र खोलाका माछाहरू दक्षिणतिर लाग्छन, लाई अन्नबाली भित्राउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पुर्खालाई चडाएर सुःख समृद्घकिो कामना गर्दै उधौली पर्व मनाइन्छ ।
किरात समुदायले मंसिरे पूणिर्मा उधौली विभिन्न कार्यक्रम गरी देश विदेशका किराती बस्तीहरूमा धुमधामसाथ मनाउने प्रचलनलाई निरन्तरता दिन कतारमा स्थापित तीन किराती संस्थाहरू किरात राई यायोक्खा शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र सुनुवार सेवा समाजको संयुक्त आयोजनामा किरातीहरूको महान् चाड तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।
किराया शाखा कतारका अध्यक्ष तथा कार्यक्रम मूल कमिटीका संयोजक अमृत राईको सभापतित्व तथा नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कतारमा स्थापित, विभिन्न जातीय, राजनीतिक, सामाजिक तथा जिल्ला संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा व्यवसायीहरूका आतिथ्य रहेको थियो ।
कार्यक्रमका सभापति, प्रमुख अतिथि लगायत विशेष अतिथिहरूका बाहुलीबाट ब्यानर उद्घाटन तथा दीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
किरात याक्थुम चुम्लुङ कतारद्वारा पितृ पूजा गरेपश्चात् कार्यक्रमले गति लिएको थियो । सुनुवार सेवा समाज शाखा कतारले भूमे ढोल नाच प्रस्तुत गरे । त्यसैगरी किरात राई यायोक्खा शाखा कतारले साकेला शिली र किरात याक्थुम चुम्लुङ कतारले च्याब्रुङ नाच प्रस्तुत गरे । किरातीहरूले सांस्कारिक नाच प्रस्तुत गरीरहादा गैरकिराती स्वदेशी तथा विदेशीहरूले सिली टिपेको दृश्य हेर्न लाएकको थियो ।
शुभकामना मन्तव्य राख्ने क्रममा वक्ताहरूले तीन किरातीहरूले गरेका कार्यको खुलेर प्रशंसा गरे । प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कार र सस्कृतिको जगेर्ना गर्नमा कुनै कसुर नराखेको उहाँहरूको ठम्याइ रहेको थियो ।
कार्यक्रमका कियाचुका अध्यक्ष तथा कार्यक्रम उपसंयोजक लोकेन्द्र तुम्रोकले कार्यक्रममा सहभागि सबैलाई स्वागत तथा आभार व्यक्त गरे । कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने तीनै संस्थाका सदस्यहरूलगायत कार्यक्रमलाई सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सहभागी सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै कार्यक्रमका सभापति अमृत राईले कार्यक्रम समापन भएको घोषणा गरे । पाँच/छ सयको हाराहारीमा कतारबासी किराती तथा गैरकिरातीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : पुस ९, २०७१ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?