२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

त्यत्तिकै फर्के कपिल

मोबाइल सेवा कम्पनी एनसेलको 'पर्फल फेस्ट' मा पर्फर्मेन्स दिन काठमाडौं उत्रिएका बलिउडका कमेडी स्टार कपिल शर्मा र उनको टिम प्रस्तुति दिन नपाएपछि भोलिपल्टै आइतबार मुम्बई फर्किएको छ ।

त्यत्तिकै फर्के कपिल
प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै कार्यक्रम रद्द गर्न आग्रह गरेपछि रंगशालामा हुने भनिएको कपिल र उनको टिमको प्रस्तुति स्थगित भएको हो ।
'कमेडी नाइट्स विद कपिल' मा दादीको भूमिका गर्ने अली अजगर र नोकरको भूमिका गर्ने राजुलाई साथ आएका कपिलले कार्यक्रम गर्न नपाए पनि सञ्चारकर्मीसँग लामै भलाकुसारी गरे । त्यसक्रममा उनले ६ वर्ष पनि काठमाडौं आएको उल्लेख गर्दै नेपाल आफूलाई मन पर्ने देश भएको बताए । काठमाडौं आउनु अघिल्लो दिन शुक्रबार उनले ट्विटर र फेसबुकमा 'सुन्दर देश, सुन्दर जनता, सुन्दर मौसम, सबै कुरा सुन्दर' भन्दै नेपाल जान उत्साहित भएको उल्लेख गरेका
थिए । मुम्बई र्फकनुअघि आइतबार पशुपतिनाथको दर्शन गरेपछि पनि तस्बिरहरू फेसबुकमा पोस्ट गर्दै कपिलले 'जय भोलेनाथ..' लेखेका थिए ।

प्रकाशित : पुस ९, २०७१ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?