२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

'साहनियाँ फुटबल प्रतियोगिता' बीबीएफसी फाइनलमा प्रवेश

दोहा — आमाल सर्भिसेजमा कार्यरत नेपालीले खेलाउँदै आएको फुटबल प्रतियोगिताको फाइनलमा खेलमा बीबीएफसी टिम पुग्न सफल भएको छ ।

'साहनियाँ फुटबल प्रतियोगिता' बीबीएफसी फाइनलमा प्रवेश

दोहाबाट झन्डै ६० किमि टाढा रहेको साहनियाँमा गत शुक्रबार स्थानीय एफसीसी टिमलाई दुई गोल हान्दै बीबीएफसी फाइनलमा खेलमा प्रवेश गरेको हो । खेलमा बीएफसीका दुई खेलाडी पिङ्कल राई, सुदेश श्रेष्ठले एक/एक गोल गरेका थिए ।
एफसीसी टिमले पनि राम्रो खेल प्रस्तुत गरे पनि गोल फर्काउन भने सफल भएनन् । अर्को खेल नयाँ नेपाल युथ क्लब र पाथीभारा ताप्लेजुङ युथ क्लबबीच भएको थियो । त्यसमा दुई टिमबीच बराबर भएर रात परेपछि खेल स्थगीत हुन पुगेको आयोजक देब चौधरीले बताए ।
यो टिमबीच पुनः खेल हुनेछ ।
गत अक्टोबर ३१ बाट खेलाउँदै आएको थियो । प्रतियोगतामा २० टिमले सहभागी जनाएका थिए । अमालको आफ्नै मैदानमा भएको यो खेल हेर्न साहनियाँमा रहेका नेपालीको निकै चाप रहेको छ । यस प्रतियोगितामा रेफ्रीमा होमबहादुर घले, कमल गिरी र वीरेन्द्र राजवंशी रहेका छन् ।

प्रकाशित : पुस ९, २०७१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?